खानको चेतावनी- ‘याद रहोस् परमाणु शक्ति सम्पन्न छौँ, कुनै पनि हदसम्म जान सक्छौँ’



काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द युद्धतर्फ अगाडि बढ्न सक्ने चेतावनी दिएका छन् ।  

खानले कश्मीर मामिलामा कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिनुका साथै सवा अर्ब जनसंख्या रहेका मुसलमानहरुले संयुक्त राष्ट्र संघले कश्मीरका जनतालाई मद्दत गर्छ कि गर्दैन भनेर हेरिरहेको पनि बताए ।

राष्ट्रलाई सम्बोधन गर्दै खानले भने, ‘यदि कश्मीर मुद्दाले लडाइँको रुप लियो भने याद रहोस् दुवै मुलुक परमाणु शक्ति सम्पन्न छन् । हामी कुनै पनि हदसम्म जान सक्छौं ।’

कश्मीरी जनता संकटमा रहेको भन्दै उनले उनीहरुलाई आफूहरुले साथ दिने बताए । उनले भने, ‘म आफैं कश्मीरको राजदूत बनेर सारा दुनियाँमा कुरा उठाउने छु । २७ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा कश्मीरको अवस्थाबारे जानकारी गराउने छु ।’

भारतले संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खोसेपछि यो विषय अन्तर्राष्ट्रिय मुद्दा बनेको हो ।

 

प्रतिक्रिया दिनुहोस्