भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ



भक्तपुर । भक्तपुर नगरपालिका-९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बुधबार पक्राउ गरिउको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्