क्यानडामा मंकीपक्सका बिरामीको संख्या हजारभन्दा बढी



एजेन्सी । क्यानडामा मङ्कीपक्सका बिरामीहरूको सङ्ख्या हजारभन्दा बढी पुगेको छ। क्यानडाको सार्वजनिक स्वास्थ्य सम्बन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका बिरामी भएका हुन्। तीमध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ।

ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ। त्यसैगरी क्वेबेसमा ४२५ जना, ब्रिटिक कोलम्बीयामा ८५ जना र अल्बेर्तामा १६ जना मङ्कीपक्सबाट बिरामी भएका छन्।

मङ्कीपक्सका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएकाले प्रदेशअनुसारको सङ्ख्या पनि परिवर्तन हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्