डरलाग्दो बन्दै डेंगु प्रकोप, सरकारको ११ करोड स्वाहा 



काठमाडौं : लामखुट्टे जन्य प्रकोप नियन्त्रणका निम्ति सरकारले खर्च गरेको ११ करोड रुपैयाँ बालुवामा पानी हाले सरह बनेको छ । एकातिर सरकारले गरेको खर्च निस्प्रभावी बन्दै गएको छ भने अर्का तिर लामखुट्टे जन्य प्रकोपका रुपमा रहेको डेंगुको प्रकोप डरलाग्दो बन्दै गएको छ । 

पहिले-पहिले तराईमा मात्र देखिने डेंगु अहिले पहाडि जिल्ला र उपत्यकामा पनि प्रकोपका रुपमा देखा परेको छ । चितवन, डोटी र स्याङ्जा मा गरी ३ जनाको हालै ज्यान गएको छ । वैैेशाखदेखि अहिलेसम्म २ सय जनाको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै ४ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । अहिलेसम्म ३७ जिल्लामा फैलिएको  डेंगुको प्रकोप विशेषगरी १ र ३ नम्बर प्रदेशमा ज्यादा फैलिएको छ । 

पछिल्लो पटक उपत्यकामा पनि डेंगुको प्रकोप निकै बढेको छ । उपत्यकामा मात्रै ५९ जना व्यक्ति संक्रमित भएका छन । 

देशव्यापी रुपमा डेंगुको खतरा बढिरहँदा यो रोगको नियन्त्रण गर्ने जिम्मेवारी बोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा डेंगु नियन्त्रण गर्न असफल बनेको देखिन्छ । यो महाशाखाले स्थानिय तह र कर्मचारी व्यवस्थापनको समस्या देखाउँदै आफू पन्छिरहेको छ । महाशाखा प्रमुख विवेक कुमारलाल यस कुरालाई स्वीर्कादै तीन तहका सरकार बीच तालमेल नमिल्दा र नयाँ संरचना अनुसार कर्मचारीको व्यवस्थापन हुन नसक्दा यस्तो अवस्था आएको बताउँछन् । 

तेसो त अहिले जिल्ला तहमा सरुवा रोग नियन्त्रण सम्बन्धि बनाइएको र्यापिड रेस्पोन्स टिम पनि प्रभावकारी देखिँदैन् । 

डेंगुको खतरा बढेसँगै सरकारले नियन्त्रण गर्न नसकेकोमा आलोचना पनि सुरु भएको छ । यो विषयले संसदमा समेत प्रवेश पाएको छ । हिजोमात्र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले डेगुंको प्रकोपले ठूला सहर आक्रान्त बनेको भन्दै देशव्यापी रुपमा कार्यक्रम संचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले स्वास्थ्य मन्त्रालयले संचालन गरेको 'सर्च एण्ड डिस्ट्रोय' भन्ने अभियानले काम नगरेकोभन्दै आलोचना पनि गरे । 

डा. शुक्रराज टेपिकल तथा सरुवारोग अस्पताल क्लिनकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन का अनुसार- 'डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।'

यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्। डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन                 सक्हाल नेपालमा मनसुन सिजन छ र यसै समयमा अरु विभिन्न संक्रमणहरु पनि फैलँदो क्रममा छन्। अधिकतम संक्रमितहरुमा सुरुवातमा कडा टाउको दुख्ने, ज्वरो आउने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने भएकोले सोझै नजिकैको औषधि पसलमा जाने गर्छन् र त्यहाँ उनीहरुले कम्तीमा दुखाई कम हुने औषधिको अपेक्षा गरेको पाइन्छ। फार्मेसीहरुले पनि त्यस्ता औषधिहरु तुरुन्त दिने गर्छन्। यसले गर्दा बिरामी यदि डेंगु संक्रमित भएको रहेछ भने रक्तश्राप झन् तीब्र भएर जान्छ।

यसरी जथाभावी दुखाइ कम गर्ने औषधिहरु कम्तीमा पनि डेंगु महामारी भएको समयमा बिक्रेताले डाक्टरको प्रेसक्रिप्सन बिना दिनु हुँदैन। डेंगु संक्रमित फैलिँदै गएको अवस्था भए सोको बारेमा सम्बधित निकायले पनि समयमै चिकित्सकहरुलाई जानकारी गराउनु पर्दछ। जसले गर्दा एस्पिरिन, ब्रुसेट, फ्लेक्सोन जस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग हुने छैन र माथि उल्लेखित घटना दोहोरिने छैन।   

डा. पुन भन्छन- 'हामीले हरेक प्रकोप वा महामारीमा डेंगुको कुन सेरोटाइप जिम्बेवार थियो भनेर थाहा पाउन सके चिकित्सकले रोगको कडापन वा जटिलता बारे पहिले नै पूर्वानुमान गर्नसक्ने थिए र सुरुदेखि नै ती संक्रमितलाई विशेष निगरानीमा राख्ने थिए। जसले गर्दा सुरुमा नै जटिलतालाई रोक्न सकिने छ। यसर्थ, नेपाल सरकारले हरेक प्रकोप या महामारीको लागि डेंगुको चारमध्ये कुन सेरोटाइप जिम्मेवार छ भनेर सार्वजनिक जानकारी गराउने परिपाटी लागू गरे चिकित्सक र संक्रमित दुवैको लागि जटिलताबाट बच्नेरबचाउन सजिलो हुने थियो।' 

डा. पुनका अनुसार- 'यसको विशेष एन्टी भाइरल औषधि नभएको र डेंगु विरुद्धको खोप पनि विकास नभइसकेको अवस्थामा जटिलताबाट बच्नु नै हाम्रो लागि मुख्य चुनौती देखिन्छ। हाल नेपालको इतिहासमा नै आधा नेपाल डेंगुले ढाकिसकेको र यति धेरै संख्यामा संक्रमितहरु देखिएको अवस्था छ।'

प्रतिक्रिया दिनुहोस्