रियल मड्रिडले सोलारीलाई नै बनायो मुख्य प्रशिक्षक



काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षकमा सान्टियागो सोलारीलाई निरन्तरता दिने निर्णय गरेको छ । लगातारको खराव प्रदर्शनपछि म्याड्रिडले जुलेन लोपटेगुईलाई बर्खास्त गरेपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी सोलारीलाई दिँदै आएको थियो । 

लामो समयसम्म अन्तरिम प्रशिक्षक राख्न नपाउने ला लिगाको नियमअनुसार उनका केही खेलका सकरात्मक नतिजापछि सोलारी स्थायि प्रशिक्षकमा नियुक्त भएका हुन् ।रियलमा यसअघ चेल्सीका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टे र म्यान्चेष्टर युनाइटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्हो ल्याउने चर्चा चलेको थियो । 

तर रियलले केही समय सोलारीको खेल हेरेर निर्णाय गर्ने जनाएपछि उनीहरूको चर्चा सेलाएको थियो ।  स्पेनिस फुटबल एसोसियसनले सोलारीको सम्झौताको बिषय बताए पनि रियल म्याड्रिडले आधिकारिक घोषणा गरेको छैन । 

निरन्तरको खराब नतिजापछि सोलारीको प्रशिक्षणमा क्लबले लगातार चार खेलमा जित निकालेपछि उनी उत्साही छन् । उनले क्लबको जिम्मेवारी लिदाँ स्पेनिस लिगमा रियल नवौँ स्थानमा थियो । 

अहिले रियल तालिकाको छैटौँ स्थानमा छ र शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस्