घट्यो सुनको मूल्य 



काठमाडौं : मंगलबार (आज) सुनको भाउ ओरालो लागेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ । 

सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने सोमबारका दरले स्थिर नै छ । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्