गठबन्धनको सांसद संख्या सिट बाँडफाँटको आधार



काठमाडौं । सत्तारुढ दलहरुबीच ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी एक नेताले जानकारी दिए ।

बैठकमा त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ । भने दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जाने तयारी भएको छ ।

यद्यपि एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन नसकिने विषयमा पनि छलफल भएको छ । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने गठबन्धन दलको निष्कर्ष छ । गठबन्धनको अर्को बैठक ३० साउनमा बस्ने गरी टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्