एमालेले बनायो केपी ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन परिचालन कमिटी बनाएको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा एमालेले निर्वाचन परिचालन कमिटी बनाएको हो ।

उक्त समितिमा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष, महासचिव र विभागका सचिव रहने छन् ।

एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ । मस्यौदा कमिटीमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन् ।

सचिवालय बैठकले निर्वाचनका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।

गुरुङका अनुसार स्थायी कमिटी बैठक भदौ ७ गतेका लागि बोलाउने निर्णय गरेको छ भने ९ गते पार्टीको पोलिटब्युरो बैठक बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्