कला र साहित्यको अवमूल्यन गर्नु हुँदैन : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताएका छन् । बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठिमा वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए ।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जघाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताए । कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाई छ । उनले भने– ‘साहित्यले मान्छेलाई काम गर्ने प्रेरणा जगाउँछ । देश बनाउने, राष्ट्र बनाउने प्रेरणा जगाउँछ । साहित्य र कलाको महत्व हामीले अवमूल्यन गर्नुहुन्न। साहित्य र कलालाई हामीले मिनिमाइज ग¥यौं भनेदेखि वास्तवमा हामी ‘हामी’ हुन सक्दैनौँ । हामीले केही प्रगती गर्न सक्दैनौँ । हाम्रो पहिचान नै समाप्त हुन्छ । कल्पनाशिलता, भावुकता, हृदयमा भावना, कल्पना र सपना भएन भने देश बन्दैन । देश बनाउनलाई भावना, कल्पना र सपना चाहिन्छ ।’

वरिष्ठ नेता पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्