विवादमा तानिएका पाँडे अब एन्फा अध्यक्ष नेम्बाङको प्रमुख सल्लाहकार, प्रवक्तामा शाह (बैठकको पूर्ण पाठ)



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहीबार बसेको कार्यसमिति बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले पहिलो कार्यसमिति बैठकबाट नियुक्त भएका पाँडेलाई पदमुक्त गर्दै अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ।

यस्तै, एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यबाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ। वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यबाहक प्रशिक्षकको रुपमा हुमागाईंलाई नियुक्त गरेको हो।

यस्तै एन्फाले यु–१८ ललित स्मृति प्रतियोगिता, ए बी सी डिभिजन लिगको मिति तय गरेको छ। यस्तै, एन्फाको प्रवक्तामा सुरेश शाह नियुक्त भएका छन्। मानार्थ अध्यक्षमा पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र मानार्थ वरिष्ठ उपाध्यक्षमा किशोर राईलाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्