मोदी र ट्रम्पको ठट्यौली शैली, मोदीको हिन्दीमा ट्रम्पको प्रतिक्रिया



फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भएको छ ।

भेटघाटपछि मिडिया सामू आएका उनीहरु ठ्ट्यौली शैलीमा प्रस्तुत भए । 

उनीहरूबीच के कुराकानी भयो भनेर सोधिँदा मोदीले हिन्दीमा भने, 'मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुहोस्, हामीहरू कुरा गरिरहन्छौँ। जब आवश्यकता हुन्छ तब हामी अवश्य पनि तपाईँहरूलाई जानकारी गराउँछौँ।'

नरेंद्र मोदी और ट्रंप

मोदीको यो प्रतिक्रियापछि उनीतिर सङ्केत गर्दै ट्रम्पले भने, 'वास्तवमा उनी एकदम राम्रो अङ्ग्रेजी बोल्छन्‘ उनी खालि बोल्न चाहँदैनन्।'

यो सुनेर मोदी खेलेर हाँसे । त्यसपछि उनीहरूले एकअर्कासँग हात जुधाए र मिलाए। उनीहरूको शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसे।

ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतका प्रधानमन्त्री मोदीलाई भेट्दा खिचिएका तस्बिरको तुलना गर्दै केहीले उनको हाउभाउमै फरक रहेको भनेर राजनीतिक अर्थ निकाल्न समेत खोजेका छन्।

प्रतिक्रिया दिनुहोस्