एक्सनमा उत्रिए पर्यटनमन्त्री 



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई अहिले एक्सनमा उत्रएका छन् । उनले काम नगर्ने र विभिन्न बाहानाबाजी गरी काम नगर्ने कर्मचारीहरुलाई कारबाहीको भागीदार बनाउने भएका छन् । 

यसको पछिल्लो उदाहरणको रुपमा  सगरमाथा सम्पर्क अधिकृतका रुपमा खटिएका १५ कर्मचारीसँग स्पष्टिकरण माग गरिएको छ । मन्त्री भट्टराईकै निर्देशनमा  मन्त्रालयले भदौ १ मा पर्यटन विभागले सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो ।

काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति मन्त्री भट्टराईले चासो दिएका कारण खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क अधिकृतसँग आफ्नो जिम्मवारी निर्वाह गर्न नसक्नुको प्रमाण पुग्ने विवरण र स्पष्टीकरण बुझाउन आग्रह गरेका हो । उनीहरुलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । 

समयअवधिभित्र स्पष्टीकरण नबुझाउने सम्पर्क अधिकृतमाथि कारवाही प्रक्रिया सुरु गरिने विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन् । उनकाअनुसार वसन्त ऋतुमा ३७ जना सम्पर्क अधिकृतलाई सगरमाथामा खटाइएको थियो । उनीहमध्ये २२ जना मात्र सम्पर्क अधिकृत सगरमाथामा पुगेका थिए । १५ जना सम्पर्क अधिकृत भने तोकिएको स्थान मै नपुगि पारिश्रमिक तथा भत्ता बुझिसकेका  छन् । 

 

प्रतिक्रिया दिनुहोस्