आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ। दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ। शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको  प्रक्षेपण गरिएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्