आफूलाई मोटी भन्दै पतिले पार्टी नलैजाने गरेको पत्नीको आरोप, मागिन् डिभोर्स



एजेन्सी : भारतको नोएडामा एक सफ्टवेयर इन्जिनीयरकी पत्नीले पतिबाट दुर्व्यवहार भइरहेको र त्यसबाट मुक्ति पाऊँ भन्दै अदालतमा निवेदन दिएकी छन्। पतिले आफूलाई मोटी भनी सम्बोधन गर्ने गरेको महिलाको आरोप छ। ‘तिमी मसँग पार्टीमा जान लायक छैनौ भनेर पतिले शाब्दिक दुर्व्यवहार गर्ने गरेका छन्,’ पत्नीले भनिन्। 

ती महिलाको विवाह सन् २०१४ मा भएको थियो। बिहेको केही दिनपछि नै पतिले नोएडास्थित एक बहुराष्ट्रिय कम्पनीमा सफ्टवेयर इन्जिनीयरको जागिर पाए। अनि सन् २०१६ मा महिला पतिसँग इन्दिरापुरम इलाकाको एक कोलोनीमा फ्ल्याट लिएर बस्न थालिन्। 

केही दिनसम्म त दाम्पत्य सम्बन्ध सहज नै थियो। पछिपछि चाहिँ पतिले पत्नीलाई मोटी भनेर चिढ्याउन थाले। महिलाका अनुसार, पतिले सानासाना कुरामा पनि चिढ्याइरहेको हुन्छ। बीयर पिउन पनि दबाब दिन्छ। पिउँदिनँ भन्दा कुटपिट गर्छ। अदालतले महिलाको निवेदन स्वीकार गरेर मुद्दाअघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्