गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या



पर्सा । पर्सामा श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा २६ वर्षीय दिनेश प्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेका हुन् ।

५ महिनाकी गर्भवती श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले आज बिहान श्रीमती प्रतिमाको घाँटी थिचेरमा हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा यादवलाई बिहानै पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्