चोरी मुद्दाको फरार अभियुक्त थानकोटबाट पक्राउ 



काठमाडौं : मोटरसाइकल चोरी मुद्दामा फरार प्रतिवादी २६ वर्षीय रबिन नेपाली काठमाडौंबाट पक्राउ परेका छन् । 

रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भई हाल टेकु बस्ने नेपालीले गत भदौ ४ गते काठमाडौं नागाजुर्न नगरपालिका ४ सितापाईबाट प्रकाश तामाङको नाममा रहेको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरेका थिए  । 

उनलाई मोटरसाइकल चोरेको आरोपमा बुटवलबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी काठमाडौं ल्याउने क्रममा फरार भएका थिए । 

काठमाडौंको थानकोट क्षेत्रमा लकिछिपी बसेको अवस्था उनलाई मंगलबार दिउँसो पक्राउ गरी थप अनुसन्धानको लागि  महानगरीय प्रहरी वृत्त स्वयम्भु पठाइएको प्रहरी बताए । 

प्रतिक्रिया दिनुहोस्