सोनम कपूरले गरिन् यस्तो खुलासा



एजेन्सी : अभिनेत्री सोनम कपूरले आफूमा आयोडिनको कमी भएको बताएकी छिन्। शाकाहारी बन्न मन पराउने सोनमले सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गरेकी हुन्। उनले इन्स्टाग्राम पोस्टमार्फत आफ्ना शाकाहारी प्रशंसकलाई आयोडिनयुक्त नुन खान पनि आग्रह गरेकी छिन्।

Sonam Kapoor

उनले लेखिन्, ‘यहाँका सबै शाकाहारी व्यक्तिका लागि एक सूचना, कृपया ख्याल गर्नुस् कि तपाईंले आयोडिनयुक्त नुन नै प्रयोग गर्नुहुन्छ, मलाई अहिले थाहा भयो, ममा पनि आयोडिनको कमी छ।’ उनको भनाइलाई लिएर फ्यानले अनेक टिप्पणी गरेका छन्। धेरैले उनको तारिफ गरेका छन्। सोनमलाई आउँदो फिल्म ‘द जोया फ्याक्टर’ मा देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्