स्टन्ट देखाउँदै पानीमा हाम्फाल्ने हुँदा… (भिडियो सहित)



एजेन्सी : क्यानडाको ब्रिटिश कोलम्बियामा २६ वर्षीय गोताखोरले पानीमा हाम्फाल्दाखेरी नमिलाउँदा ५० फीट गहिराइमा पुगेका छन्। शुस्वाप ताल पुगेका ब्लेयर लान्ड्रीले स्टन्टको भिडियो बनाउन खोज्दा गडबडी भयो। 

ब्लेयरले भीरको छेउमा उभिएर आत्मविश्वासका साथ ब्याकफ्लिप गरे। पानीमा पछारिँदा उनलाई निकै गाह्रो परेको देखिन्छ। ब्लेयरको पिठ्युँको तल्लो भाग सुन्निएको थियो। ५० फीट मुनि पुग्दा पनि सामान्य चोटपटक लाग्नु ब्लेयरका लागि भाग्यको कुरा रह्यो। 

यसअघि ब्लेयरले प्याराग्लाइडिङ गर्दै क्यानडा र ओरेगनका केही भागहरू अवलोकन गरेका थिए। ब्रिटिश कोलम्बियामा रहेको शुस्वाप ताल लोकप्रिय पर्यटकीय गन्तव्य हो। त्यहाँको अधिकतम गहिराइ १६१ मिटर छ।

प्रतिक्रिया दिनुहोस्