अालुकाे बोरामा भेटियो एक करोड १४ लाख



कैलाली : कैलालीको भजनी नगरपालिका ३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एक जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय व्यापारि कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र राखी नेपाल आउँदै गरेको बेला सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्