प्रदेशको नाम र राजधानी विवादले अराजकता निम्त्याउन सक्छ : रामचन्द्र मण्डल



जनकपुरधाम : प्रदेश २ को नाम र राजधानी विवाद उत्कर्षमा पुगेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद रामचन्द्र मण्डलले प्रदेशको नाम र राजधानी विवादले अराजकता निम्तिन सक्ने बताएका छन् । 

उनले प्रदेशको नाम र राजधानी विवाद चर्किदै जाँदा अराजकता निम्तिएर समुदाय–समुदायबीचको सद्भाव खलबलिन सक्नेतर्फ सबै राजनीतिक दल समेत सचेत हुनुपर्ने बताएका हुन् । 

द नेपालटपको जनकपुरस्थित प्रदेशब्यूरो कार्यालयले निरीक्षण गर्ने क्रममा उनले प्रदेशको नाम र राजधानी विवादले निम्तिन सक्ने दुर्घटनाप्रति दलका नेतालाई सम्वेदनशिल हुनपर्नेमा जोड दिए । 

सत्तारुण् नेकपाले प्रदेशको राजधानी वृहत्तर जनकपुर क्षेत्र र नाम ‘जानकी’ राख्नु पर्ने प्रस्ताव गरेको छ भने समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेशको राजधानी धनुषादेखि महोत्तरीसम्म र नाम ‘मधेश’ प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै कांग्रेसले प्रदेशको राजधानी जनकपुरधाम र नाम ‘मिथिला भोजपुरा’ राख्न प्रस्ताव पेस गरेको छ ।

दलहरुबीच प्रदेशको नाम र राजधानीको विषयमा सहमती जुट्न सकेको छैन । तर यतिबेला प्रदेश दुईको नाम मिथिला भोजपुरा मधेश (मिभोम) राख्ने कुराले जनकपुर तरगिंत बनेको बताउँछन् सांसद मण्डल । द नेपालटपसगँ प्रदेश २ को समसामायिक राजनीतिक अवस्थाबारे कुराकानी गरेका उनले प्रदेशको नाम मिभोम राख्दा उपयुक्त हुने व्यक्तिगत धारणा पनि राखे ।

‘मिभोम विचारको राजनीतिभन्दा भिन्न छ । मिभोमले सामाजिक अन्तरविरोध र ऐतिहासिक पहिचानलाई सम्बोधन गर्छ’ उनले भने ।  

‘स्वयत्त प्रदेशको आधारहरुबारे सुक्ष्म विश्लेषण गर्दै स्टालिनले भिन्नभिन्नै भुगोलमा भिन्नभिन्नै भाषा बोल्ने समुदायको एक स्वयत्त प्रदेश हुन सक्दैन’ सांसद मण्डलले भने, ‘मधेशको सवालमा अहिले भुगोल खण्डित भएको छ । पहिला २२ जिल्ला थियो अहिले मधेश ८ जिल्लामा खुम्चिएको छ ।’

मधेशका ८ जिल्लामा मिथिला भोजपुराको भुगोल पनि भएको बताउँदै मण्डलले भने, ‘मधेश आन्दोलनले मधेश शब्द स्थापित गरेकाले मधेश शब्दलाई पनि नछाडी प्रदेश दुईको नाम मिथिला भोजपुरा मधेश (मिभोम) राख्न उपयुक्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्