‘स्टेजमा नाच्नु पर्ने, ठुम्का लगाउनुपर्ने, बिकनी लगाउनु पर्ने मान्छेलाई राजनीति नसुहाउने रैछ’ : अभिनेत्री अर्शी खान



एजेन्सी : केही समय अघि अभिनयसँगै राजनीतिमा होमिएकी बलिउड अभिनेत्री अर्शी खानले आफू राजनीतिबाट अलग्गिएको बताएकी छिन्। भारतको लोकसभा चुनावमा राजनीतिमा निकै कसरत गरेकी अर्शीले अहिले आएर अभिनेता तथा अभिनेत्रीहरूका लागि राजनीति नसुहाउने बताएकी छिन्।

उनले भारतीय राष्ट्रिय कंग्रेसमा प्रवेश गरेको ६ महिनामै राजनीति छाडेको घोषणा गरेकी हुन्। ‘स्टेजमा नाच्नु पर्ने, ठुम्का लगाउनुपर्ने, बिकिनी लगाउनु पर्ने मान्छेलाई राजनीति नसुहाउने रैछ।’ एक फिल्म सुटिङको क्रममा उनले भनिन्, ‘यो जीवनशैली कलाकारका लागि सही रैनछ। यस कारण मैले राजनीति छाडेँ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको कामप्रति आफू खुसी रहेको बताउँदै घारा ३७० को हटाउनु देशको हितमा रहेको प्रतिक्रिया दिएकी छन्। अभिनेत्री खान यति बेला सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिल’ को सुटिङमा व्यस्त छिन्।

प्रतिक्रिया दिनुहोस्