चट्याङ लागेपछि गोबरमा गाडदा निसासिएर मृत्यु



एजेन्सी : भारतको उडिसा राज्यमा रहेको पामारा गाउँमा चट्याङ लागेका एक व्यक्तिलाई गाउँलेहरूले गोबरमा गाडेपछि निसासिएर मृत्यु भएको छ। बिनोद र गोकुला पोध बजार गइरहेको बेलामा आइतवार साँझ चट्याङ परेको थियो। 

अन्धविश्वासी गाउँलेहरूले उनीहरू दुवैजनालाई गोबरले ढाकेका थिए। बिनोदले गोबरमुनि सास फेर्न सकेनन् र केही मिनटपछि उनको मृत्यु भयो। बिनोदलाई बचाउन नसकेपनि गाउँलेहरूले गोकुलालाई उपचारका लागि अस्पताल लगे। 

यसअघि पनि गाउँलेहरूले चट्याङ लागेका मानिसलाई गोबरले ढाक्ने गरेका थिए। कानजाङमण्डी गाउँका मोहन बिसोइले भने, ‘चट्याङ लागेका मानिसलाई गाईको गोबर र माटो लेप्ने उपचार प्राचीन कालदेखि नै प्रचलित छ।’

प्रतिक्रिया दिनुहोस्