प्रहरी समायोजनको माग गर्दै मधेस सरकारका मन्त्रीहरु धर्नामा बस्ने



काठमाडौं । प्रहरी समायोजनाको माग गर्दै मधेस सरकारका मन्त्रीहरु धर्नामा बस्ने भएका छन् । केन्द्र सरकार प्रहरी समायोजनका लागि गम्भीर नेदखिएको भन्दै मधेस सरकारले शनिबार पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

मधेस सरकारका गृह तथा संचारमन्त्री भरत साहले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मधेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्नामा मधेस सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरुको सहभागिता रह्ने गृमन्त्री साहले जानकारी दिएका छन् ।

मन्त्री साहले संघीयता नरूचाउनेहरूको घेरामा संघीय सरकार रहेको आरोप लगाएका छन् । गत साता प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षणको पहल नभएपछि मधेस सरकारले आन्दोलनकोे कार्यक्रम सार्वजनिक गरेको हो।

पहिलो चरणको आन्दोलनबाट पनि प्रदेश सरकारले प्रहरी समायोजन लगायतका अधिकारको विषयमा गम्भीरता नदेखाए संघ सरकारबिरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री शाहले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्