सुपरस्टार प्रभाषकाे एक्स गर्लफ्रेण्ड हुन् रवीना ?



एजेन्सी : साउथका सुपरस्टार प्रभाषको अपकमिङ थ्रिलर फिल्म ‘साहो’ ३० अगष्टबाट दर्शकमाझ रिलिजमा आउँदैछ। रिलिजको तयारीमा रहेको ‘साहो’कै प्रोमोशनका लागि अभिनेता प्रभाष र अभिनेत्री श्रद्धा कपुर ‘नच बलिए ९’ मा पुगे। यस शोमा अभिनेता प्रभाषले सबैलाई चकित पार्ने कुरा गरे।

अभिनेता प्रभाषको कुरा सुनेर शोमा उपस्थित दर्शक, कन्टेस्टेन्ट र अझ भन्नुपर्दा सबै भन्दा बढी त रवीना टंडन आश्चर्यचकित भइन्। उक्त शोको जज अहमदले अभिनेता प्रभाषको एउटा सपना भएको बताउँदै भने– ‘प्रभाष यहि कार्यक्रममा उपस्थित कुनै युवतीको फ्यान हुन्।’

जज अहमदको यस्तो कुरा सुनेसँगै सबैले प्रभाषतिर हेर्न थाले। त्यसपछि अभिनेता प्रभाषले रवीना टंडनतिर हेर्दै भनिन्– ‘म्याडम तपाईको ठूलो फ्यान हुँ। तपाई त मेरो एक्स गर्लफ्रेण्ड हुनुहुन्छ ।’

प्रभाषको यस्तो कुराले रवीना टंडन चकित भइन् र हाँस्दै भनिन्– ‘यो कुरा अनिल (रवीनाकी श्रीमान)ले सुन्यो भने तपाईलाई मार्नुहुन्छ।’ अभिनेता प्रभाषले हाँस्दै भने– ‘त्यो म मैले म्यानेज गर्छु । म तपाईको ठूलो फ्यान हुँ। तपाईसँग डान्स गर्न मन छ।’

त्यसपछि अभिनेता प्रभाष र रवीना टंडनले हिट नम्बर ‘टिप–टिप बरसा पानी’मा डान्स गरे। यसैबीच शोका होस्ट मनिष पाँलले भने–‘प्रभाषमाथि लाखौं युवतीहरु फिदा छन् तर, प्रभाष भने रवीना टंडनमाथि फिदा छन्।’ यस रियलिटी डान्स शोको सेटबाट अभिनेता प्रभाष र रवीना टंडनको तस्वीर भाइरल बनिरहेको छ।

प्रतिक्रिया दिनुहोस्