५ सय १ जनाले जिते कोरोना, २ सय ६३ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोहि अवधिमा २६३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

३ हजार १ सय ६५ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । साथै पछिल्लो २४ घण्टामा ५ सय १ जना कोरोनामुक्त भएका छन् । हाल देशभर ५४३४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्