बढ्यो सुनचाँदीको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्