अदालतको आदेशविपरीत कर्णालीका मन्त्री शाहीले लिए शपथ



सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आइतबार उनलाई शपथ खुवाएका हुन्।

गत बिहीबार नेकपा माओवादी केन्द्रको सिफारिसमा मुख्यमन्त्री जीवनबहादुर शाहीले डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री नियुक्त गरेका थिए । तर, सोही दिन उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठनमा समावेशी सिद्धान्तलाई ध्यान नपुर्‍याइएको भन्दै संविधान अनुसार गर्न पत्र लेखेपछि मन्त्रीको शपथ रोकिएको थियो ।

आज अदालतको आदेशको बेवास्ता गर्दै शपथ भएको हो। अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै अधिवक्ता शेरबहादुर केसी समेतले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।

कर्णाली प्रदेश सरकारले अदालतको ध्यानाकर्षण पत्रको बेवास्ता गर्दै बीरबहादुर शाहीलाई नै उद्योग मन्त्री बनाएको छ।

प्रतिक्रिया दिनुहोस्