टिपरले बाख्रालाई ठक्कर दिएपछि फेरि रोकिए फोहोरका गाडी



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर जाँदै गरेको टिपरको ठक्करले बाख्रा मरेपछि कागती गाउँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका छन् ।

आज बिहान फोहोर बोकेर बन्चरेडाँडा जाँदै गरेको टिपरले किचेर बाख्रा मारेपछि स्थानीयले अवरोध गरेका हुन् । उपत्यकाको फोहोर शनिबारदेखि उठ्न थालेको थियो । स्थानीयको आन्दोलनपछि आजबाट फेरि रोकिएको छ। स्थानीयको अवरोधपछि फोहोरका सयौ‌ गाडी रोकिएका छन् ।

शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो । कुनै अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बताएका थिए।

काठमाडौंको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्ने भएकाले नियमित अवस्थामा पुग्न केही समय लाग्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्