कञ्चनपुरको पुनर्वास नगरपालिका नागरिक बडापत्र विहीन 



कञ्चनपुर ।  सरोकार वाला निकायमा सेवाग्राहीलाई सहज होस भन्ने उद्देश्यले नागरिक बडापत्र राख्नु पर्ने हुन्छ । अझ सुविधा सम्पन्न निकायमा डिजिटल, द्रव्य र श्रव्य नागरिक बडापत्र राखिएको हुन्छ । तर कञ्चनपुर जिल्लामै सुविधा सम्पन्न पुनर्वास नगरपालिकामा नागरिक बडापत्र नै छैन ।

नगरपालिका कार्यालयको नयाँ भवन स्थापना भएको करिब पाँच बर्स भयो अहिले सम्म नागरिक बडापत्र राखिएको छैन ।  नागरिकलाई सेवा लिन आउँदा कुन तला र कुन कोठामा जाउनु पर्ने, चाहिने आवश्यक कागजात , दस्तुर लगायत सम्पूर्ण सूचना नागरिक बडापत्रमा उल्लेख गर्नुपर्ने हुन्छ । जसले गर्दा नागरिकलाई काम गर्न सहज हुन्छ ।

तर  नगरपालिकाले नागरिक बडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमूलक फल्याक्स बोर्ड राखिएको छ । तर नगरपालिका जस्तो सरकारी सेवा प्रदायक निकायमा सामान्य नागरिक बडापत्र राख्न नसक्नु निकै लज्जास्पद भएको युवा नेता मानबहादुर रोकायाले  बताए ।

यसै विषयमा पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऎरीसंग बुझ्दा भित्तामा लेख्ने भनेर तयारी पुरा भइसकेको र भवनकै वालमा प्रिन्ट गर्ने, नभए फ्ल्याक्स प्रिन्ट भए नि केही दिनमै बनाउने बताए ।

नगरपालिका बनेको केही बर्समा नगरपालिकाले राष्ट्रिय आवास कम्पनीसँग जमिन खरिद गरी त्यसैमा भवन निर्माण बनाएको करिब पाँच वर्ष पुग्दा सम्म नगरपालिकाले नागरिक बडापत्र नलेखिनुले यसको महत्व समेत नबुझेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्