पश्चिम रुकुमबाट आउँदै गरेको बस सुर्खेतमा दुर्घटना : तीनको मृत्यु, दर्जनबढी घाइते 



सुर्खेत : पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्जतर्फ आउँदै गरेको बस सुर्खेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते भएका छन् । 

बुधबार बिहान ना ४ ख ९३१७ नम्बरको रात्री बस सुर्खेतको हर्रे नजिकै दुर्घटना  भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ । 

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै छ भने ६ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्