साताको दोस्रो दिन आइतबार २८ अंकले घट्यो नेप्से



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से २८ अंकले घटेको छ । कारोबारको सुरुमा घटेर पुनः बढ्ने संकेत गरेको नेप्से परिसूचक अन्त्यमा २७.९२ अंक घटेर २०१०.०१ को विन्दुमा सिमित हुन पुगेको छ।

कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको ८.९६, विकास बैंक ४७.४७, वित्त कम्पनी ४५.१०, जलविद्युत ४६.३८, जीवन बीमा २३३.६८, उत्पादन तथा प्रशोधन १९०.७३, माइक्रोफाइनान्स ५०.५०, निर्जीबन बीमा समूहको उपसूचक ५३.७४ अंकले घटेको छ ।

यसबीच २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्