फर्मास्युटिकलको जागिर छोडी फर्निसिङ व्यवसाय



काठमाडौं । विसं २०२७ सालमा काठमाडौंको भेडासिङ जन्मेका शुभेन्द्र जोशी नेपाल फर्निचर तथा फर्निसिङ् सङ्घका अध्यक्ष हुन् । २ दाजुभाइमध्येका जेठा छोरा शुभेन्द्रको बाल्यकाल राम्रै वातावरणमा हुर्केको थियो । आर्थिक पक्ष सबल नै भएको परिवारमा हुर्केका हुँदा जोशीलाई पढ्न लेख्नमा कुनै सङ्घर्ष गर्नुपरेन ।

उनका बुवा शिक्षक थिए । साथै परिवारमा एउटा फर्मास्युटिकल व्यवसाय पनि थियो । बुवा शिक्षक घरमा फर्मास्युटिकल व्यवसाय भएपछि आर्थिक रुपमा उनलाई पढाइ लेखाइका समस्या हुने कुनै थिएन । आर्थिक अवस्था राम्रै भएको हुँदा उनको स्कुलिङ्ग राम्रै स्कुलबाट पुरा भएको भयो ।

उनले १ देखि ३ कक्षासम्ममा भानुभक्त मेमोरियल उच्च माध्यमिक विद्यालयमा पढे । कक्षा ४ देखि बुढानिकण्ठ स्कुलबाट स्कुलको पढाइ पुरा गरे । उनका स्वर्गीय बुवा जितेन्द्रलाल जोशी पनि बुढानिलकण्ठ स्कुलकै शिक्षक थिए । उनका बुवा नेपाली र संगित विषय पढाउने गरेका थिए ।

यसैगरी उनले आइअसी अमृत साइन्स क्यापस, बिएसी त्रिचन्द्र कलेज, र एमबीए पब्लीक युथ क्यापसबाट पुरा गरेका थिए । विज्ञान विषयको पढाइसँगै उनले संगीत विषय पनि पढे । उनले प्रयास संगीत समिति इलाहाबादबाट पढाइ गरेका थिए ।

आफ्नैघरमा बुवा संगितकै गुरु भएका हुँदा उनलाई संगितको मोह पनि उतीकै थियो । संगीतमा प्रतिको मोहले उनले विज्ञान विषय पढ्दा पढ्दै संगीतमा पढाइ गरेका थिए । अध्यक्ष जोशीको परिवार आर्थिक रुपमा राम्रै भए पनि जोशीलाई बाल्यबाल देखि नै आफै काम गरेर आत्मनिर्भर हुनुपर्छ भन्ने सोच थियो । त्यही सोचका साथ उनी स्कुल पढ्दै बच्चाहरूलाई ट्युसन पढाउने काम गर्थे ।

पढाइपछि जोशी कामको शिलसिलामा भारत पुगे । भारतमा उनी एउटा फर्मास्युटिकल कम्पनीका काम गरे । जोशी भारतमा एउटा फर्मास्युटिकल कम्पनीमा करिब १० वर्ष काम अनुभाव सुनाउँछन् ।

एउटा साइन्सको विद्यार्थी र घरमा फार्मेसी व्यवसाय नै भएको हुँदा भारतमा फर्मास्युटिकल कम्पनीले काम अफर गर्दा फर्मास्युटिकलमा काम गर्ने भएको उनले बताए । कम्पनीले काम गरे बापत राम्रै पारिश्रमिक दिने गरेको जोशी सुनाउँछन् । जोशीले सुनाए फर्मास्युटिकलले कम्पनीले त्यहाँ काम गर्ने इस्टापलाई तालिम दिन्थ्यो ।

कम्पनीले इस्टापलाई सधै सिकाउन्थ्यो कि तपाईहरू एउटै कम्पनीमा काम गर्ने होइन, आफु आर्थिक रुपमा सबल बन्न आप्mनो उद्योग व्यवसाय गर्नुपर्छ थियो । कम्पनीले आफै उद्योग व्यवसाय गर्नुपर्छ भन्ने प्रेरणा दिन्थ्यो ।

त्यही प्रेरणाबाट जोशी फर्मास्युटिकल कम्पनीको काम छोडेर आफ्नो देशमा फर्निसिङको व्यवसायी सुरु गरेको बताउँछन् । आफूले फर्निसिङको व्यवसायी लामो समय भइरहेको उनले बताए । राजकुमार लोहियासँग मिलेर आफूले फर्निसिङको व्यवसाय सुरु गरेको जोशी बताउँछन् । अध्यक्ष जोशी भन्छन,‘फर्निचर तथा फर्निसिङ उद्योग व्यवसाय लाग्ने धेरै व्यक्तिहरू पढे लेखेका युवाहरू गरेको छन् ।

विगतका जस्तो छैन । फर्निचर तथा फर्निसिङको गुणस्तरमा धेरै सुधार आएको छ । बाहिरबाट आयाती सामाग्रीको विक्री वितरण गर्ने व्यापारीले सामानको वारेन्टी मात्र दिन्छन् । हामीले स्वदेशमा उत्पादन भएका फर्निसिङका सामाग्री विक्री गर्दा वारेन्टी होइन ग्यारेन्टी नै दिन्छु । हामीले भनेको समय सामान विग्रे छ भने सामान नै परिर्वतन गरी हाम्रा ग्राहकलाई नयाँ सामान दिएर पठाउने गरेको छौं ।

पछिल्लो मानिसहरूको दैनिक जीवनमा फर्निचर तथा फर्निसिङ सामाग्रीहरू अत्यावश्यक वस्तुको रुपमा सकेको हुँदा गुणस्तरीय वस्तु उत्पादन गरी विक्री वितरण गर्ने उद्योगी व्यवसायीका लागि फर्निचर तथा फर्निसिङ व्यवसाय राम्रो हुने बताए । स्वदेशी उत्पादनको पनि गुणस्तर राम्रो हुँदै गएको अध्यक्ष जोशीको भनाइ छ ।

देशप्रति माया हुँदा आफूले स्वदेशी उत्पादनलाई नै पहिलो प्राथामिकता दिने गरेको उनी बताउँछन् । पछिल्लो समय स्वदेशमा उत्पादन हुने फर्निचर तथा फर्निचसिङका सामाग्रीको गुणस्तर धेरै राम्रो बन्न गएको उनको भनाइ छ ।

उनी भन्छन्,‘ आफू पनि अर्काे कम्पनीमा काम गरी आएको हुँदा आफ्नो कर्मचारीलाई काम गराउन धेरै सहज भएको छ । कम्पनीका काम गर्ने कर्मचारीको मानसिकता कस्तो हुन्छ भन्ने कुरा आफुले राम्रोसँग बुझेको हुँदा काम गर्न सहज भएको उनको भनाइ छ । आफूले पनि आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीलाई सधै आफै उद्योग, व्यवसाय गर्न प्रेरणा दिने गरेको जोशी बताउँछन् ।

विभिन्न कम्पनीमा काम सिक्दै उद्यग व्यवसाय गर्दा आफ्नै कम्पनीलाई फाइदा हुने उनको भनाइ छ । इमान्दारिता र मेहेन्तका साथ काम गर्ने हो भने युवाहरूले कामको लागि ठुलो रकम खर्च गरी खाडी मुलुक जानु नपर्ने उनी बताउँछन् ।

खाडी मुलुकमा ऋण दानगाडी जानु भन्दा सो पैसाले स्वदेशमै राम्रो उद्यम व्यवसाय गर्न सकिने जोशीको भनाइ छ । हातमा शिप आफूमा काम गर्ने इच्छा र लगान छ भने स्वदेशमै पढे लेखेका युवाहरू सफल उद्यमी बन्न सक्ने अवसर धेरै भएको अध्यक्ष जोशी बताउँछन् । फर्निचर र फर्निसिङको वर्षमा ६० अर्बको कारोबार हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्