इजिप्टको चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु



एजेन्सी । इजिप्टको गिजामा रहेको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ। गिजाको कोप्टिक अबु सिफिन चर्चमा ५ हजार जना प्रार्थना गरिरहेको समयमा इलेक्ट्रिक सर्किटमा आगलागी भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

आगलागीका कारण चर्च भित्रका मानिस बाहिर निस्किन नै नपाएपछि मृत्यु हुनेको संख्या धेरै भएको बताइएको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

आगलागीमा परी दर्जनौं घाइते भएका बताइएको छ। अग्‍नि नियन्त्रकका अनुसार आगलागी अहिले नियन्त्रणमा आइसकेको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले आगलागीमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्