प्युठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते



दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन्। आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय प्युठानकाअनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। जीपमा ११ जना सवार थिए। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन्।

प्रतिक्रिया दिनुहोस्