भरत खवास क्याप्टेनमा बढुवा



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन)मा बढुवा भएका छन्। भरत १० वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए।

भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। झण्डै डेढ दशकअघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन्। उनी प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको आगमनपछि टोलीमा परेका थिएनन्।

भरतले आजको दिन आफ्नो लागि भाग्यशाली भएको बताए। ‘आजै बढुवा भए। आजै राष्ट्रिय टोलीमा पूनरामगनको मौका पाए। यो मेरो लागि भाग्यशाली दिन हो,’ उनले भने,‘ राष्ट्रिय टोलीको त क्याप्टेन भइसकेको थिए। सेनाको पनि भए। अब फुटबलमा आफूलाई फेरि १ पटक प्रमाणित गर्नुपर्नेछ। हाम्रो परिवारलाई आज साह्रै खुसी छ।’

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए। भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्