यू–१९ क्रिकेट टिमले भोलि दोस्रो अभ्यास खेल खेल्ने



काठमाडौं : एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाली यू–१९ क्रिकेट टिमले भोलि दोस्रो अभ्यास खेल खेल्ने भएको छ। श्रीलंकामा रहेको टिमले श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग खेल्ने भएको हो। खेल सुरे क्रिकेट मैदानमा हुनेछ। यस्तै नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेल चिल मारियन्ससँग खेल्नेछ।

हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू–२३ टिमसँग ३ विकेटले पराजित भएको थियो। एसीसी यू–१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ। 

प्रतिक्रिया दिनुहोस्