भारतले आज आफ्नो ७६ औँ स्वतन्त्रता दिवस मनाउँदै



एजेन्सी । भारतले आज आफ्नो ७६ औँ स्वतन्त्रता दिवस मनाउँदै छ। यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज प्रधानमन्त्री नरेन्द्र मोदीले  प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशवासीलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्। सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन्

सन् १९४७ को अगस्ट १५ मा भारत बेलायत साम्राज्यबाट मुक्त भएको थियो। भारतमा शासन गरिरहेको बेलायती सरकार आजकै दिन भारत छोडेर भागेको थियो। त्यसपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो। 

त्यही दिनको सम्झनामा भारतीय नागरिकले मुक्तिको स्मरण गर्दै आज स्वतन्त्रता दिवस मनाउने गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्