सुनको मूल्य ४०० रुपैयाँ घट्यो 



काठमाडौं । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ। आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ। आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्