५ फरार प्रतिवादी पक्राउ



काठमाडौं : जिल्ला अदालतबाट विभिन्न कसुरमा सजाए तोकी कैद भुक्तान गर्न बाँकी रहेका ५ जना फरार प्रतिवादीलाई काभ्रेपलाञ्चाक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जबर्जस्तीकरणी अभियोगका मण्डन देउपुर नगरपालिका–१० का ३१वर्षीय रामबहादुर लामा, अपहेलना मुद्दामा रोशी गाउँपालिका–१ का ५९ वर्षीय बेतमान तामाङ, चोरी मुद्दामा पाँचखाल नपा–८ होक्सेका ३१ वर्षीय कुमार तामाङ रहेका छन्।

तथा कुटपिट मुद्दामा रोशी गाउँपालिका–८ का ४५ वर्षीया सुन्दरी तामाङ र ७० वर्षीया होसिला तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।जबर्जस्तीकरणी घटनाको महानगरीय प्रहरी वृत्त कालीमाटीमा मुद्दा दर्ता भएकाले अभियुक्त लामालाई उतै पठाइएको तथा यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्य पक्राउ चार जना प्रतिवादीलाई भने काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्