बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति २ पाङ्ग्रे सवारी सञ्चालनमा रोक



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा २ पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरावनीका २ जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा २ पाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको हो।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा २ पाङ्‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्