कृषि राज्यमन्त्री यादवले गरे नहर निरीक्षण



जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नहरको स्थलगत निरीक्षण गरेका छन् । झारपातले अवरुद्ध रहेको रौतहटका हजारौँ किसानले सिँचाई गर्दै आएको नहरको राज्यमन्त्री यादवले स्थलगत निरीक्षण गरेका हुन् । 

नहर अवरुद्ध हुँदा खेतमा सिँचाई गर्न नपाएको गुनासो किसानहरुले गरेपछि आज बिहानै स्थलगत निरीक्षण गर्न रौतहट पुगेका राज्यमन्त्री यादवले साथमा झाझ, मनुसमरा सिँचाई आयोजनाका इन्जिनियरहरुलाई पनिसँगै लगेका थिए । पीडित किसानहरुको साथमा नहरको स्थलगत निरीक्षण गरिरहेका राज्यमन्त्री यादव इञ्जिनियरहरुसँग भन्दै थिए– मलाई अरु कुरा केही थाहा भएन, नहर तुरुन्त सफा गर्नु पर्यो, किसानले सिँचाई गर्न पाउनु पर्यो ।

रौतहटको गरुडा, जयनगर, जेठरहिया, भेडियाही, सरुअठा, झुनखुन्वा नहरखण्ड ठाउँठाउँमा भत्किएको र झारपात बढेकाले अवरुद्ध हुँदा यस भेगका किसान सिँचाइबाट बञ्चित भएका हुन् । 

रौतहट क्षेत्र नं.१ को ‘ख’ बाट प्रदेश सभासद निर्वाचित झा प्रदेश २ का अन्य मन्त्रीहरुको तुलनामा लोकप्रिय राज्यमन्त्री मानिन्छन् । उनि तत्कालिन उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालको संस्थापकमध्ये एक हुन् ।

एक प्रसंगमा उनले द नेपालटपसँग भने–हेर्नुस् जनताको सेवा गर्न राजनीतिमा लागेको हुँ । बाचुञ्जेल जनताको सेवा गर्छु । सांसद मन्त्री नहुँदा पनि जनताको सेवामै समर्पित थिए । भोलीका दिनमा सांसद मन्त्री नभए पनि जनताको सेवा त बाचुञ्जेल गर्न छु ।

शहिद परिवारलाई गाईभैंसी वितरण गरेर चर्चामा आएका राज्यमन्त्री यादवले प्रदेश २ लाई समृद्ध बनाउन क्रान्तिकारी कृषी योजना ल्याउने तयारी गरिरहेको बताए ।  

 

प्रतिक्रिया दिनुहोस्