प्रधानमन्त्री ओलीको उपचारका लागि केही दिन लाग्ने 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको प्लज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ । 

प्रधानमन्त्री ओलीका निजि चिकित्सक प्रा.डा. दिव्या सिंह शाह सिंगापुरबाट आज (बधुबार) स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीको उपचारका सन्दर्भमा उक्त कुरा बताएकी हुन् । 

डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि उपचाररत प्रधानमन्त्रीको अवस्था सामान्य रहेको छ । उपचारको क्रमम चलिरहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीको उपचारका लागि केही दिन लाग्ने बताइएको छ । 

गत बिहीबार सिंगापुर पुगेका ओलीका शुक्रबारदेखि प्लज्मा फेरेसिसबाट उचार सुरु भएको हो । 

 

प्रतिक्रिया दिनुहोस्