गुम्बा विकास समितिद्वारा गुम्बा व्यवस्थापन तालिम सुरु



काठमाडौं । आर्थिक वर्ष २०७९–८० को प्रारम्भसँगै २ दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति र सरकारको आयोजनामा साउन ३० र ३१ गतेसम्म सो तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) रहेका थिए ।

यस्तै कार्यक्रमको अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ‚ सदस्य महेन्द्रजङ्ग तामाङ‚ विश्वकुमार लामा‚ पाल्देन लामा लगायतले प्रशिक्षकहरूलाई पनि स्वागत गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिका कार्यकारी निर्देशक दोङले गुम्बाबाट आएका ज्ञानलाई समुदायसँग जोडिनुसँगै आ(आफ्नो गुम्बाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्नुपर्ने बताए ।

यसै गरी कार्यक्रममा गुम्बा विकास समितिका अध्यक्ष शेर्पाले बदलिँदो राज्यको नीति नियम गुम्बा सञ्चालक समितिले जान्न जरुरी रहेको बताउँदै राज्यप्रति अपनत्व हुने गरी दायित्व निभाउनुपर्ने बताए ।

प्रशिक्षकमा समितिका आचार्य नुुर्बुु शेर्पा‚ लेखा अधिकृत विनीता भण्डारी, प्रशासकीय अधिकृत वन्दना कुमारी झा, योजना अधिकृत सन्जु योङ्गया रहेका छन् । यो समाचार तयार पार्दासम्म समितिमा ३ हजार ६० गुम्बाहरू दर्ता भएका छन् ।

प्रशिक्षणमा देशभरका करिब ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् । पाल्देनदोर्जे लामा‚ भन्ते उदयसेन (शान्त समाल), वीरसिंह घले, सूर्यबहादुर पाख्रिन, पेमाछावाङ शेर्पा, तुण्डुपपासाङ लामा, निसीता पाख्रिन, कृष्ण लोप्चन, लाक्पादोर्जे तामाङ लामा, शेर्पा लामा कर्मा, दानबहादुर तामाङ, रुद्रबहादुर रुम्बा‚ जगबहादुर तामाङ, विश्वर तामाङ, मगंलसिंह तामाङ, दीपकबहादुर गुरुङ, सूर्यमान तामाङ, विष्णुबहादुर तामाङ, देवा नुर्वु शेर्पा, सूर्यमान तामाङ, भिमसेन लामा, नाम्ग्याल, फूर्बा शेर्पा‚ ताक्ला लामा, तोरछी तामाङ, राजु गोले, डिलबहादुर पाख्रिन‚ आइसिङ लामा‚ जगतमान लामा (दोङ) लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्