थाहा पाउनुहोस् तपाईंको राशिफल



काठमाडौं । आज ३१ साउन २०७९, मंगलबार। अगष्ट महिनाको १६ तारिक २०२२। साउन महिनाको अन्तिम दिन भाद्रकृष्णपक्ष चर्तुर्थी, कौलब करण, रेवती नक्षत्र, शुल योग, चन्द्रमा मीन राशिमा रहेको छ।

आज बिहान सूर्योदय ५ : ३४ मा हुनेछ भने सूर्यास्त ६ः४२ मा हुनेछ । विहान ११ः४३ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै पनि शुभकार्य गर्दा सफल हुनुहुनेछ । आजको देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ। मंगलबारको दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो।

आजको दिन गणेश मन्दिरको दर्शन र हनुमानको आरधना गर्दा तन, मन, र आत्मशक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । साउन महिनाको अन्तिम दिन मसान्त भएकाले यात्राका लागि त्यति उपयुक्त दिन होइन । महिनाको अन्तिम दिन कुनै नयाँ कामको शुरुवात पनि गरिदिैन ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातको लागि हरेक मंगलवारको दिन नयाँ कामको शुरुवात गर्न सक्नेछन् । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ। शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ यात्रामा निस्कदा अर्थहानी हुने संभावना रहन्छ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अध्यापनमा समय दिनुभयो भने मनमा चिन्ता हटनेछ। आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा सुरुवात गर्नुहोला । सामाजिक सेवा र अध्यात्म सेवाको काममा मन लगाउनु होला

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला। व्यापार व्यावसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा तपाईंलाई निकै फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईको लागि आजको दिन अनुकल देखिन्छ । चन्द्रमाको साथ रहेको छ , आज धनप्राप्तिको योग छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । सकारात्मक सोच राखेर काम गर्नुभयो भने सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद हुनसक्छ त्यसैले सिह राशिका जातकले विचार गर्नुहोस् । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख,समृद्धि हुने योजना तय हुन सक्छ । मंगलबारका दिन कुनै नयाँ काम सुरुवात र मान सम्मान समेत मिल्नेछ। तपाईंले गरेको कामको मान सम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईको मनमा खुसियाली छाउने छ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार  बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यहरुमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकहरुले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । आजको दिन कुनै देवालयमा पुगेर खानेकुरा वितरण गर्दा तपाईको उन्नती प्रगति हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन स्त्रीजातिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीहरुलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनहरुले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन कसैलाई धन सापटी दिनुभयो भने फिर्ता हुने संभावना कम हुन्छ । व्यापार व्यवसायमा तपाईले गरेको लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएकोे स्थानमा रहेको मठ मन्दिर वा गणेशको मन्दिरको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

समय गणना अनुसार आजको दिन अनुकुल देखिदैन, नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला । यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ। यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यहरुसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मीन राशिका जातकले मंगलवारको दिन लेख्ने र पढ्ने कामको शुरुवात गर्नसक्नुहुन्छ । कुनै नयाँ पुस्तक खरिद, वस्त्र खरिद र दान र शिवालय र देवालयमा गएर भोकाहरुलाई खानेकुरा खान दिनुभयो भने तपाईको उन्नती र प्रगति हुँदै जानेछ । चन्द्रमाको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्