यी हुन् रोबोट म्याडम, पढाउँछिन् सबै विषय



एजेन्सी : कृत्रिम बौद्धिकतामा महत्त्वपूर्ण कदम चाल्दै भारतको बेंगलुरुमा एक विद्यालयले विद्यार्थी पढाउन रोबोट नियुक्त गरेको छ। ईगल २.० नामक रोबोटलाई १७ जनाको एक टोलीले बनाएको हो।

यसलाई बनाउन ८ लाख भारु खर्च भएको बताइएको छ। रोबोट शिक्षिकाले विद्यार्थीहरूलाई पढाउने मात्र नभई प्रश्न पनि सोध्ने र उत्तरमाथि प्रतिक्रिया पनि दिने गरेकी छन्। 

बेंगलुरुको इन्डस इन्टरनेसनल स्कूलमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरूलाई भौतिकहास्त्र, रसायनशास्त्र, जीवविज्ञान, भूगोल र इतिहास पढाउनका लागि सहायक शिक्षकका रूपमा ह्युमनोइड रोबोटको सहायता लिइएको हो। 

ईगल २.० नामक रोबोट दोहोरो संवाद गर्न सक्षम छ। रोबोटमा जडान गरिएको मोटर अमेरिकाबाट आयात गरिएको छ। ईगल २.० मा प्रयोग गरिएको मोटर चर्चित मानव रोबोट सोफियामा पनि प्रयोग गरिएको छ।

यस्ता तीनवटा रोबोट बनाइएको बताइएको छ। इन्डस इन्टरनेसनल स्कूलका ट्रस्टी लेफ्टिनेन्ट जनरल अर्जुन रेले शिक्षकका रूपमा ह्युमनोइड रोबोटको उपयोग सहयोगी शिक्षण मोडल भएको बताए।

प्रतिक्रिया दिनुहोस्