५ दिनसम्म भर्‍याङमा टाउको अड्किएका व्यक्तिको उद्धार



एजेन्सी : फ्रान्समा रहेको आफ्नो घरमा स्नानकक्ष सजाउनका लागि भर्‍याङ चढेर काम गरिरहेका व्यक्ति भर्‍याङबाट चिप्लिएर लडेपछि पाँच दिनसम्म त्यसैमा अड्किएर बस्नुपरेको थियाे। नाम नखुलाइएका ती व्यक्ति भर्‍याङको टुप्पोमा हुँदा अचानक चिप्लिएका थिए र दुई डण्डीमा टाउको फसाउन पुगेका थिए।

उनले फोन समात्न सकेका थिएनन् र उनको खप्पर डण्डीहरूको बीचमा सुन्निएको थियो। घटना उत्तरपूर्वी फ्रान्सको माट्टाइनकोर्टमा भएको हो। घरमा एक्लै बस्ने भएकाले उनले गुहार मागेपनि कसैले सुनेन। उनकी बहिनी शुक्रबार घर जाँदा पो दाइ होशमै रहेको तर शरीरमा पानी निकै सुकेको अवस्थामा भेटिन्। 

तत्कालै आपतकालीन सेवाका मानिसहरूलाई बोलाएर उनको शिर भर्‍याङबाट झिकियो र उनलाई एपिनाल शहरको अस्पताल पुर्‍याइयो। उनको टाउको जाँच्दा रक्तप्रवाह कम भएको देखियो।

प्रतिक्रिया दिनुहोस्