आगलागीबाट जलेर एकको मृत्यु, दुई घाइते



कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किशना नन्द भट्टले जानकारी दिए। आगलागीमा परेर घाइते भएकी ४५ वर्षकी शान्ति पौडेलको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो।

मृतकका श्रीमान् नेत्रप्रसाद पौडेलको दुवै खुट्टा जलेको र सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ। पुनर्वास नगरपालिका ६ का धनबहादुर थापा भने आगो निभाउन जाँदा सामान्य घाइते भएका छन्। भान्सामा खाना पकाउने ग्यासको पाइप चुहावट भई आगलागी भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्