आगामी तीन दिन पूर्व र मध्य क्षेत्रमा मौसमी गतिविधि बढ्ने, सकर्त रहन आग्रह



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशैभरि आंशिकदेखि सामान्य बदलिको स्थिति रहेको जनाएको छ ।

देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

बिहीबार बिहान दैनिक बुटेलिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको छ र पूर्वी भूभाग नजिक रहेको न्यून चापिय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको जनाएको छ । साथै तलको नक्सामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ ।

आगामी तीन दिनको मौसम 

भदौ १२ गते (बिहीबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

भदौ १३ गते (शुक्रबार)

दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मध्य र पश्चिमका  एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भदौ १४ गते (शनिबार)

दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यसैगरी महाशाखाले देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्