मेची-महाकाली अभियान सञ्चालन गर्ने युवा संघको निर्णय



काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न भएको छ। संघको केन्द्रीय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको बैठकमा निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेका छन् ।

७७ जिल्ला कमिटीको पुनर्गठन, मेचीमहाकाली राष्ट्रिय अभियान, संगठन व्यवस्थापन लगायतको विषयमा छलफल गरिएको संघका सचिव नरेश गिरिले बताए।

बैठकलाई नेकपा (एस)का उपमहासचिव एवम् मोर्चा प्रमुख डा.बिजय पौडेल, पोलिट्व्युरो सदस्य तथा युवा फाट इन्चार्ज दिलु पन्त र संगठन विभागका सचिव लक्षण केसिले सम्बोधन गरेका थिए। २ दिन चलेको बैठकले संघको केन्द्रीय कार्यलय टिममा संघका उपमहासचिवद्वोय सरिता श्रीस र अम्बिका पौडेललाई मनोनीत गरेको छ। यही भदौ २४ र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको सचिव गिरिले बताए।

प्रतिक्रिया दिनुहोस्