निहारिका बलात्कार आरोपी श्रेष्ठ पक्राउ



काठमाडौं । सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुतलाई बलात्कार आरोपमा शिवराज श्रेष्ठलाई प्रहरीले धुषाबाट पक्राउ गरेको छ । उनलाई अपराध अनुसन्धन व्यूरो र धनुषा प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफूलाई ‘बलात्कार’ गरी गर्भवती बनाउने युवकलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग गर्दै निहारिका लामो समयदेखि आन्दोलन गरिरहेकी छन् । निहारिकाले गत शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

आफू अन्यायमा परेको भन्दै न्यायको मागसहित उनी विभिन्न समयमा अनसनसमेत बसेकी उनले पछिल्लो समय आत्मादाहको प्रयास गरेपछि भने प्रहरीले आरोपित युवालाई पक्राउ गरेको हो । निहारिकाको प्रमुख माग भनेको आफूलाई ‘बलात्कार’ गर्ने युवक र जायजन्म भएको बालकको डीएनए टेष्ट गराउने नै हो।

प्रतिक्रिया दिनुहोस्